१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

कास्की प्रहरीद्वारा करिब साढे ६ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन २५, २०८२

कास्की । पोखरा शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ।

बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष) पक्राउ परेका छन्।

प्रहरीले गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्ज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!