१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रवि लामिछानेले सहकारी ठगी मुद्दामा बैंक ग्यारेन्टी राखी थुनामुक्त हुनुपर्ने माग राखे,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २६, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्।

उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्।

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफूमाथि हुनसक्ने विगो बराबरको रकम बैंक ग्यारेन्टी राख्दै थुनामुक्त हुन पाउनुपर्ने माग राखी दिएको निवेदनमाथि जिल्ला अदालत रुपन्देहीमा सोमबार छलफल हुँदैछ ।

हालसम्मको अभ्यासमा सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएको व्यक्तिलाई मुद्दाको अन्तिम फैसलामा बाहेक फेरि अर्को निवेदनबाट थुनामुक्त गरेको उदाहरण विरलै भेटिन्छ ।

बुटबलको सुप्रिम सहकारीको रकम गैरकानूनी रुपमा गोर्खा मिडिया प्रा.लि.मा ल्याएको आरोप खेपेका लामिछानेले १२ पेज लामो निवेदनमा तीनवटा विषयहरु मुख्य रुपमा उठाएका छन् ।

पहिलो, भैरहवास्थित कारागारको अवस्था अत्यन्त दयनीय र कष्टकर रहेको तथा आफूलाई कारागार स्थानान्तरण गर्नुपर्ने माग पनि सम्बोधन नभएको भन्दै उनले जमानतमा छुट्न माग गरेका छन् ।

दोस्रो, राज्यले आफूविरुद्ध बदनियतपूर्वक मुद्दा चलाएको भन्दै उनले मुद्दामा आफूविरुद्ध प्रमाण नै नभएकाले थुनामुक्त हुनुपर्ने भनेका छन् ।

त्यसका साथसाथै सहकारी ठगीको मुद्दामा मिलापत्रको व्यवस्था समेत रहेको भन्दै उनले आफूलाई हुनसक्ने अधिकतम विगो बापतको रकम पहिले नै बुझाउन तयार गरेको भन्दै कैदमुक्त गरिदिन माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!