नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिका र त्यहाँका मेयरले के हेरेरमात्र बसेका छन् । यस्तो सम्बेदनशिल कुरामा जवाफदेहिता हुनुपर्ने हो कि होइन मेयरज्यु ? आमनागरिक यसको जवाफ चाहन्छन् । यता नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट भन्छन् तत्काल छाडा छोरिएका सुंगुरको धनीलाई बोलाएर नियन्त्रण गर्ने बताए ।