२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

खटाएको स्थानमा नजाने गृह मन्त्रालयका १५ जना कर्मचारीको हाजिरी काटियो

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २७, २०८२

काठमाडौं । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि गृह मन्त्रालयमा रहेको उनीहरूको डिजिटल र रजिस्टरको हाजिरी काटिएको हो। यही साउन १५ गते गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयमा जगेडामा रहेका उनीहरूलाई पदस्थापना भएको कार्यालयमा उपस्थित हुनका लागि २४ घण्टे उर्दी जारी गरेको थियो।

हाजिरी काटिने कर्मचारीमा ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृत रहेका छन्। २४ घण्टे उर्दी जारी भएपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा सम्बन्धित कार्यालयमा हाजिर भएका थिए। तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरञ्जीवी जीएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन्।

एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन्। अटेर गरी मन्त्रालयमै बस्ने १५ जनालाई दबाब स्वरूप यही साउन २० गतेबाट लागू हुनेगरी हाजिरी काटिएको गृह मन्त्रालय स्रोतले बताएको छ। एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयले ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृतको हाजिरी काटेको हो। गृह मन्त्रालयमा हाजिरी काटिने शाखा अधिकृतहरूमा मानकुमार बुढा, भागवतप्रसाद रेग्मी, शिला तिमसेना, युगेशकुमार यादव, बाबुराम पन्थी, दलबहादुर बस्नेत, मोहनप्रसाद निरौला, आनन्द विष्ट, सुन्दर बान्तवा, युवराज कट्टेल, खगराज गौतम र ४ जना नायब सुब्बाहरू छन्। नायब सुब्बाहरू कमल आचार्य, कृष्ण भट्टराई, विष्णु पौडेल, रामबाबु बराल र सुवास पौडेल रहेका छन्।

गृह मन्त्रालयअन्तर्गत प्रशासन महाशाखाका सहसचिव छवि रिजालका अनुसार गृह मन्त्रालय मातहतको काम निकै संवेदनशील हुन्छ। यसको सुरक्षा र गम्भीरताका दृष्टिकोणले गृह प्रशासनको कामको प्रकृति संवेदनशील हुन्छ। रिजाल अगाडि भन्छन्, ‘समयमा कर्मचारी गएनन् भने सेवाग्राहीले दुःख पाउँछन्, सास्ती पाउँछन्। पोस्टिङ गरेको ठाउँमा छिटो जानका लागि प्रेसर दिएको हो। गृह मन्त्रालयमा जगेडामा रहेका उनीहरू सबै जनाले काठमाडौं उपत्यकामै पोस्टिङ मागेका छन्। सबैलाई सुविधा चाहियो। सबैलाई सधैं काठमाडौंमा राख्न सम्भव हुन्न नि।’

केही समयअघि गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागमा ४५ जना शाखा अघिकृतको सरुवा गरिएको छ। सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृत पठाएपछि त्यहाँबाट ४५ जना शाखा अधिकृत गृह मन्त्रालय फर्किएका थिए। यी ४५ मध्ये केहीलाई गृहमन्त्रालय त केहीलाई सामान्य प्रशासन मन्त्रालयले नै विभिन्न स्थानमा पोस्टिङ गरेको थियो। काठमाडौंबाहिर पोस्टिङ भएका कर्मचारीले अटेर गरेर गृहमन्त्रालयमै बसेका थिए।

१६ उपसचिव र ५ सहसचिव जगेडामा
गृह मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयअन्तर्गत १६ जना उपसचिव र ५ जना सहसचिव जगेडामा रहेका छन्। गृहमन्त्रालयका सहसचिव छवि रिजाल भन्छन्, ‘यहाँ जगेडामा रहेका सहसचिवको बाहिर दरबन्दी नै छैन। दरबन्दीभन्दा बढी भएका कर्मचारीहरू सामान्य प्रशासन तथा गृह मन्त्रालयमा बस्ने गरेका छन्। यहाँ कहिलेकाहीँ बाहिरी जिल्लामा जिम्मेवारीमा रहेका सहसचिव तत्कालै फर्काउनुपर्ने अवस्थामा जगेडामा रहेका कर्मचारी पठाएर पदपूर्ति गर्ने चलन छ। कुनै ठूला घटना भइहाल्यो भने तुरुन्तै जिम्मेवारी दिएर पठाउनुपर्ने हुन्छ। यस्तै अवस्थाका लागि केही सहसचिव र उपसचिव मन्त्रालयमा जगेडामा राख्ने प्रचलन छ। अहिले भएको संख्या चाहिँ दरबन्दीभन्दा बढी भएको हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!