१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नाइजेरियाली सेना हवाई र स्थल कारबाही १०० भन्दा बढी आपराधिक समूहहरु मारिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २७, २०८२

 

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको थियो।

विगत केही वर्षदेखि यस्ता आपराधिक समूहहरूले उत्तर पश्चिम तथा केन्द्रीय नाइजेरियाका गाउँहरूमा आतंक मच्चाउँदै आएका छन् । उनीहरूले गाउँहरूमा आक्रमण, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन्।

सेनाले माकक्कारी वन क्षेत्रमा रहेको एक शिविरमा आक्रमण गरेको थियो, जहाँ झण्डै ४०० आपराधिक सदस्यहरू भेला भएका थिए । प्रतिवेदनअनुसार, पछिल्लो एक महिनामा जम्फारा राज्यमा अपहरण तथा हिंसात्मक गतिविधि बढेपछि यो कारबाही गरिएको हो।

कारबाही हुनु अघि, शुक्रबार अदबका गाउँमा भएको आक्रमणमा १३ सुरक्षाकर्मी मारिएका थिए र केही स्थानीय बासिन्दा अपहरणमा परेका थिए। आक्रमणको तयारी गरिरहेका ती समूहमाथि हवाई र स्थल दुबैतर्फबाट योजनाबद्ध रूपमा हमला गरिएको थियो। हिंसाको विस्तार र गम्भीर प्रभाव नाइजेरियामा यस किसिमको हिंसा सुरुमा किसान र पशुपालकबीच जमिन र पानीको अधिकारलाई लिएर भएको विवादबाट सुरु भएको थियो। तर अहिले यी समूहहरू अपराधमा संलग्न भई गाउँलेहरूबाट कर उठाउने, पशु चोरी गर्ने र अपहरणजस्ता आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन्।

हिंसाका कारण किसानहरूले आफ्नो खेतबारी छोड्नुपरेको छ, जसले खाद्य संकट र कुपोषणलाई अझ गम्भीर बनाएको छ । जलवायु परिवर्तन र पश्चिमी देशहरूको सहयोग कटौतीले स्थिति झन् जटिल बनाएको छ।

सन् २०१५ देखि नाइजेरिया सरकारले सेनालाई परिचालन गरेर यस्तो आपराधिक गतिविधिविरुद्ध लड्दै आएको छ । दुई वर्षअघि जम्फारा राज्य सरकारले स्थानीय स्तरमा एक सुरक्षागठित समूह गठन गरे पनि हिंसा कम हुन सकेको छैन।

गत जुलाईमा पनि सेनाले नाइजर राज्यमा एक कारबाही गर्दै कम्तीमा ९५ आपराधिक सदस्यहरूलाई मारिएको थियो। यद्यपि, देशका विभिन्न भागमा फैलिँदो हिंसाले सेनालाई अझ धेरै चुनौतीमा पारेको छ।

अहिले यी आपराधिक समूहहरूले उत्तरपूर्वी क्षेत्रमा सक्रिय जिहादी समूहहरूसँग सहकार्य गर्न थालेका छन्, जसले देशमा झन् ठूलो सुरक्षा चुनौती सिर्जना गरिरहेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!