१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रवि लामिछाने पत्नी निकिता पौडेलले न्यायको लागि अन्तर्राष्ट्रिय अदालत जान्छु सहयोग गर्न अपिल,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २८, २०८२

 

काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्।

‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन्’, उनले लेखेकी छिन्, ‘तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?’

पौडेलले बढुवाको मुखमा रहेको न्यायाधीशहरुले दुई तिहाइको सरकारसँग पंगा लिन आँट नगरेको पनि आरोप लगाएकी छिन्।

‘आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौँ। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले ? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ,’ उनले लेखेकी छिन्,’कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्‍यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाइको सरकारसँग पंगा लिन आँट गर्ने को होला ?’

उनले आफू यो अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने र सहयोग गर्न पनि आग्रह गरेकी छिन्।

‘मेरो श्रीमान् माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिको मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन्,’ उनले लेखेकी छिन्, ‘उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!