२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके एसपी रामप्रसाद घर्ती मगरको एक्सन ठुलो मात्रामा लागुऔषध पैसा र सुनका गरगहना बरामद

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, साउन २८, २०८२

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, लोनियाको घरमा गरिएको थप तलासीमा दुई वटा मोटरसाइकल (एक भारतीय नम्बरको पल्सर र एक यामाहा R15), विभिन्न दरका नेपाली र भारतीय नोट गरी कुल नेपाली रुपैयाँ २२ लाख ३ हजार ९१५ रुपैयाँ, ठूलो मात्रामा सुन–चाँदीका गहना, ५ थान खुकुरी, १ थान Canon DSLR क्यामेरा र १० थान एन्ड्रोइड मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

बरामद भएको नगद रकममा मात्रै नेपाली रुपैयाँ १८ लाख ६५ हजार (रु. १००० दरका नोट १८६५ थान) सहित अन्य विभिन्न दरका नोट र भारतीय रुपैयाँ १ लाख ३५ हजार १० (नेपाली रूपान्तरण अनुसार २ लाख १२ हजार रुपैयाँभन्दा बढी) रहेको छ।

गहनामा चाँदीका कडा, बाला, औंठी, सिक्सा, रिङ, झुम्का, जन्तर, ब्रासलेट, पायल, माला, नथी, ठुलो पायल लगायतका थुप्रै वस्तु तथा सुनजस्ता देखिने पहेँलो धातुका कडा, हार, सिक्री, बाली, झुम्का, औंठी, टप, लकेट, फुली, रिङ, सिरबन्दी, तिलहरी, मंगलसुत्र र जन्जिर फेला परेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]