२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति फिर्ता लिन रास्वपा नेता उपाध्यायलाई पत्रकार महासंघ लुम्बनीको आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन २८, २०८२

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ ।
महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकाङ्क्षी रहेका सिद्धार्थनगर–७ निवासी उपाध्यायले पत्रकारिता पेसा र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्यले गैरजिम्मेवार टिप्पणी गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले स्थानीय र अन्य मिडियाको आवश्यकता नभएको, समाचार पढ्दा हाँसो उठ्ने र सम्पूर्ण पत्रकारहरू ५ हजार रुपैयाँमा बिक्री हुने जस्ता तथ्यहीन, अपमानजनक र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएका थि ए। यस्ता टिप्पणीले पत्रकारिता पेसाको मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर आघात र्पुयाएको महासंघको ठहर छ ।
महाससंघका महासचिव पाण्डवप्रसाद शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यायको उक्त अभिव्यक्ति खेदजनक, आधारहीन र लज्जास्पद भएको उल्लेख गर्दै तत्काल फिर्ता लिई सार्वजनिक माफी माग्न माग गरिएको छ । साथै यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्ने उपाध्यायमाथि छानबिन गरी कडा कारबाही गर्न रास्वपालाई आग्रह गरिएको छ । ‘यस्ता अभिव्यक्तिहरूले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पु¥याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]