२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले लागूऔषध खैरो हेरोइन १४७ ग्राम इन्डियाको मेन डिलरसहित २ जना पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ३०, २०८२

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगर आएदेखी धमाधम अपराधीक घटनाको नियन्त्रणमा धेरै सुधार हुन थालेको छ ।

बाँके जिल्ला प्रहरी मातहतको अस्थायी प्रहरी पोस्ट नगर भवन इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ३ एक लाईनीबाट बिहीबार ४७ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दाङकोतुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय वीरबहादुर विकलाई गए राति पक्राउ गरेको छ भने शुक्रबार त्रिभुवन चौकबाट इन्डियाको मेन डिलर ४५ वर्षीय रसुल अहमद १०० ग्राम लागूऔषध पक्राउ परेका छ्न उनिहरुलाई बाँके प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]