१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

शनिबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन ३१, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -आज आत्मविश्वास बढ्नेछ, अध्ययन–अध्यापन वा रचनात्मक कार्यमा मन जानेछ। पारिवारिक आत्मीयता र शुभचिन्तकको साथ पाउने दिन हो। इच्छाएको काम पूरा हुने सम्भावना छ, तर कार्य गर्दा हतार नगर्नुहोस्।

वृष -बिहान खर्च वा मानसिक तनावको संकेत देखिन्छ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्। दिउँसोबाट परिस्थितिमा सुधार आउनेछ र नयाँ ज्ञान वा कलात्मक काममा रुचि बढ्नेछ।

मिथुन -आम्दानीको नयाँ बाटो खुल्नेछ। रोकिएका काम बन्ने सम्भावना छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। यात्रा वा स्थान परिवर्तनको योग पनि छ।

कर्कट -आज तपाईंको बोली र व्यवहारबाट धेरैको मन जित्न सक्नुहुन्छ। पुरानो समस्या समाधान हुने संकेत छ। सम्मान, अवसर र सामाजिक प्रतिष्ठा बढ्नेछ।

सिंह -सुरुवातमा अलिक अलमल भए पनि दिउँसोतिर भाग्यले साथ दिनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागिता हुने सम्भावना छ। मनको शान्ति र आत्मबल बढ्नेछ।

कन्या -स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। काम पूरा गर्न समय लागे पनि अन्ततः सफलता पाउने दिन हो।

तुला -मनोरञ्जन र रमाइलो भेटघाटको दिन। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। तर दिउँसोतिर स्वास्थ्यमा कमजोरी वा अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोस्।

वृश्चिक-रोकिएका काम बन्नेछ, चुनौती पार गर्न सक्ने क्षमता देखिनेछ। आर्थिक लाभका साथै नयाँ योजनामा हात हाल्ने अवसर प्राप्त हुनेछ।

धनु -सुखद समाचार प्राप्त हुनेछ। अध्ययनमा प्रगति, प्रतिस्पर्धामा सफलता र सम्मान पाउने समय हो। कार्यक्षेत्रमा नयाँ अवसरको संकेत छ।

मकर -हतारमा निर्णय नगर्नुहोस्, अन्यथा समस्या बढ्न सक्छ। आर्थिक विषयमा सजग रहनुहोस्। दिउँसोतिर अवसरहरू प्राप्त हुने सम्भावना छ।

कुम्भ -कर्ममा लगनशीलता बढ्नेछ, जसको प्रतिफल रूपमा नाम, दाम र सम्मान पाइनेछ। साथीहरूसँग सन्तुलित व्यवहार राख्नु राम्रो हुनेछ।

मीन -परिस्थिति तपाईंको पक्षमा आउनेछ। भौतिक सुविधा, आम्दानी र अनुभव बढ्ने संकेत छ। परिवार वा साथीहरूसँग रमाइलो समय बित्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!