१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रवि लामिछाने भैरहवाबाट काठमाडौं बुद्ध एयरको विमानबाट उडे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ ।

उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु लैजान लागिएको हो । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा  नेता कार्यकर्ताको भीड लागेको थियो ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!