१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

एआईजी टेकबहादुर तामाङद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०१, २०८२

काठमाडौं । नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत २ दिवसिय “सेकेन्ड एनपिएस सामाखुसी चेस च्याम्पियनसिप- २०८२” काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।

मिति २०८२/०४/३१ गतेबाट दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ८२ विद्यालयबाट जुनियर तर्फ ८२ र सिनियर तर्फ ८४ जना गरी कुल १६६ जना सहभागीबाट सिनियर ब्वाइज (कक्षा ९–१२), सिनियर गर्ल्स (कक्षा ९–१२), जुनियर ब्वाइज (कक्षा ५–८) र जुनियर गर्ल्स (कक्षा ५–८) गरी चार समूहमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय तथा दुई- दुई जना सान्त्वना गरी २० जना विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाण पत्र, पुरस्कार, मेडल तथा ट्रफि वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल पुलिस स्कूलले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यालय स्तरमै बुद्धिचाल जस्तो बौद्धिक खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो ।

समापन समारोहका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले विद्यालयको प्रयासको प्रशंसा गर्दै प्रमुख अतिथि, सहभागी विद्यालय तथा विद्यार्थी, निर्णायक र आयोजक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसालले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नेपाल चेस महासंघका अध्यक्ष हिराकाजी महर्जन, नेपाल पुलिस स्कुलका सहायक प्राचार्य ओमप्रसाद भुसाल, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले, सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!