२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भदौ १९ गते नेपाल प्रहरीको नयाँ आईजीपी, चन्द्रकुवेर खापुङको सम्भावना बलियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनले दुई साताभित्र नयाँ प्रमुख पाउने भएको छ। त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

एउटै विज्ञापनबाट तेस्रो आईजीपी
नेपाल प्रहरीले सामान्यतया एउटै विज्ञापनबाट भर्ना भएका टोलीमध्ये एक जना मात्रै आईजीपीसम्म पुग्ने परम्परा रहेको छ। तर, २०५१ सालको विज्ञापनबाट भने असाधारण रूपमा तीन जना प्रहरी प्रमुख बन्ने अवस्था सिर्जना भएको छ।

यसै लटबाट वसन्तबहादुर कुँवरले गत चैतमा अवकाश हुनु अघि आईजीपी बनेका थिए भने उनका वैकल्पिक दीपक थापा हाल अवकाशको डिलमा छन्। अब तेस्रो नाममा परेका चन्द्रकुबेर खापुङ पनि प्रहरी प्रमुख बन्ने पक्का देखिएको छ।

एकल प्रतिस्पर्धी
आईजीपी थापाकै ब्याचका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ गते अवकाशमा जाने भएकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका छन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएकाले खापुङलाई प्रतिस्पर्धा गर्ने ब्याचमै कोही बाँकी छैन।

हाल संगठनमा खापुङसँगै एआईजी दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धिविक्रम शाह रहेका छन्। तर, उनीहरू खापुङभन्दा पछिल्लो ब्याचका हुन्। यस कारण वरिष्ठताक्रमअनुसार खापुङकै सम्भावना उच्च छ।

छोटो कार्यकाल
यदि खापुङ आईजीपी बने भने उनको कार्यकाल अढाई महिनाभन्दा लामो रहने छैन। उनी २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका भएकाले ३० वर्षे सेवा अवधिले आगामी कात्तिक २६ गते उनी पनि अनिवार्य अवकाशमा जानेछन्। यसरी उनी प्रहरी इतिहासमै दोस्रो सबैभन्दा छोटो समयका लागि आईजीपी बन्ने सम्भावना छ।

यसअघि तोरण शमशेर जबरा केवल तीन दिन प्रहरी प्रमुख बनेका थिए भने अच्युतकृष्ण खरेल दुई कार्यकालमा छुट्टाछुट्टै अवधि पूरा गरेका थिए। खापुङको नेतृत्व पनि छोटो भए पनि महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ।

इमान्दार र विवादरहित छवि
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन्। यसअघि उनले कोशी प्रदेश प्रहरी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड सम्हाल्दा प्रभावकारी काम गरेका थिए। संगठनभित्र उनी इमान्दार र विवादरहित अधिकृतका रूपमा चिनिन्छन्।

हालको अवस्थामा भने खापुङकै नेतृत्वमा प्रहरी संगठनले ३२औँ आईजीपी पाउने सम्भावना लगभग सुनिश्चित बनेको छ।

आगामी प्रतिस्पर्धा
खापुङपछि भने आईजीपीको प्रतिस्पर्धा चर्को हुने देखिएको छ। एआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहबीचको प्रतिस्पर्धा प्रमुख हुने अनुमान गरिएको छ।

शाह राष्ट्रिय अनुसन्धान (२०५३) बाट आएका हुन् भने कार्की २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। डीआईजी बढुवादेखि नै यी दुई टोलीबीच विवाद रहँदै आएको छ, जुन आईजीपी प्रतिस्पर्धामा पनि देखिने निश्चित छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!