२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ अन्तर्गत उपत्यका प्रहरी कार्यालयको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

“कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन,

अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!