२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सिमानाकामा कमीकमजोरी देखिएमा कमाण्डर कारबाहीको भागिदार हुने चेतावनी आईजिपी अर्याल,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमाण्डर कारबाहीको भागिदार  हुने चेतावनी दिएका छन्।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमाक्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिदै उनले जवाफदेही र जिम्मेवार बन्न जोड दिएका हुन्  चेन अफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरूको उत्तिकै भूमिका हुने उनले स्मरण गराए।

‘हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेका छन्,’ निर्देशनका क्रममा उनले भने,‘असल कार्यको लागि मुख्यालयको आदेशको पर्खाईमा बस्नुपर्देन ।’

सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरित कार्य गर्नेमाथि कठोर हुन समेत उनले निर्देशन दिएका छन् । सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न उनको निर्देशन छ।

कार्यक्रममा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा क्षेत्रका स्थानीय वासिन्दासँगको समन्वय र सहकार्य अझै बढाउन निर्देशन दिएका छन्।

कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरुले हाल सीमा क्षेत्रमा भईरहेका कामकारवाही सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा विओपी कमाण्डरहरुले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाको बारेमा जानकारी गराएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!