२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

तुलसीपुर वडा नं.१८ स्थित बिजौरीमा रहेको ठाकुर स्मृति प्रतीक्षालयमा सरसफाइ

Logo
सागर रोका प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

दाङ । बिजौरी तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ कार्यक्रम राखिएको थियोे
।
विशेष गरेर आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि सरसफाइ गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको भित्र देखी लिएर त्यस वरिपरि त्यहाँ आउने मानिसहरुले भोला,चुरोट,सुर्तीजन्य,चाउचाउ अन्य बस्तहरु खाएर जथाभावी फोहोर फाल्ने गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको माथिल्लो तल्लामा घास र माटोले गर्दा बर्खायाममा पानीको भाग भित्र आउने भएकोले आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको सरसफाइ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुँदै गर्दा रहेक मानिसहरुले राम्रो कामको सुरुवात गरेको भन्दै धेरै जसोले धन्यवाद पनि दिएका थिए ।

ठाकुर स्मृति प्रतीक्षालयको भवनमा
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरी सामुदायिक सिकाइ  केन्द्र पनि रहेको पाएको छ । भने बिजौरी सामुदायिक सिकाइ केन्द्र स्थापना २०७० साल बाट रहेता पनि ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि यसरी फोहोर हुँदा सम्म सरसफाइ अभियान भने एक पटक पनि नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य रबिन्द्र केसीले गुनासो व्यक्त गर्नु भएको थियोे ।

चाडपर्व नजिकिदै गर्दा बिजौरी बजारको वरिपरिको फोहोरलाई ब्यवस्थापन गर्नको लागि सरसफाइ अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी लागी परेको वडा नं.१८ का सभापति शिवराज खत्रीले जानकारी दिनु भएको थियोे ।

तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको सरसफाइ कार्यक्रम बिहान ११:००बजेबाट सुरु भएको २:०० बजे तिर सरसफाइ कार्यक्रम सप्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]