२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२” जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ०४, २०८२

काठमाडौं । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यू सहितको मूल्याङ्कन टोलीबाट जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण भएको छ ।

निरीक्षण क्रममा परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाएका रणनीति र प्राप्त उपलब्धिहरू, श्रोत साधनहरूको उपयोग र व्यवस्थापन, प्राविधिक तथा सूचना–प्रविधि सम्बन्धी प्रयोग, मानव स्रोतको क्षमता अभिवृद्धि र व्यवस्थापन, प्रशासनिक दक्षता तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतका पक्षमा जानकारी लिइएको थियो । साथै, विपद्द व्यवस्थापन न्यूनीकरण, अपराध अनुसन्धानमा अपनाइने नविनतम् प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका लागि सञ्चालन भइरहेका जनचेतनामूलक कार्यक्रम तथा पीडित मैत्री सेवाहरूको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरिएको थियो ।

अनुगमन तथा निरीक्षण पश्चात्, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले परिसरको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्लाको अपराध अनुसन्धानका प्रकृति र प्रवृति सञ्चालनमा रहेका कार्यक्रम, विगतमा हासिल उपलब्धिहरु तथा आगामी योजनाहरु सम्बन्धी विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले संगठनात्मक सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, जनशक्ति क्षमता अभिवृद्धि, प्रविधि–मैत्री सेवा विस्तार लगायतका विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाई रहेको जानकारी समेत दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!