२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

रवि निर्दोषनै हुन् भन्न सकिँदैन अदालतबाट जारी भएका आदेशहरूले संलग्नता देखायो आईजिपी थापा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘निर्दोष नै हो’ भन्न सकिने अवस्था नरहेको बताएका छन्।

उनले अदालतबाट जारी भएका आदेशहरूले नै लामिछानेको संलग्नतामाथि प्रश्न उठाएको संकेत गरे।

बुधबार नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी थापाले उक्त प्रकरणमा प्रहरीले सबुद प्रमाणसहितको बलियो मिसिल अदालतमा पेस गरेको स्पष्ट पारे।

‘रवि लामिछाने कति दोषी हुनुहुन्छ ?’ भन्ने प्रश्नमा आईजीपी थापाले भने, ‘म अनुसन्धान टोलीको नेतृत्व गरेको हुनाले सबै कुरा यहाँ भन्न सक्दिनँ। तर, पाँचवटा अदालतमा उहाँको केस दर्ता भएको छ र त्यहाँबाट आदेश पनि भएको छ। त्यो आदेशमा प्रस्ट लेखिएका हुनाले दोषी कति, निर्दोष कति मैले भन्न सक्ने अवस्था रहेन।’

उनले अदालतको आदेशको भाषा उद्धृत गर्दै थपे, ‘त्यहाँ (अदालतको आदेशमा) निर्दोष नै हो भन्न पनि सकिएन। मैले त्यहाँको भाषा नै उद्धृत गरेको हुँ।’

आईजीपी थापाले अनुसन्धानको अन्तिम निर्णय अदालतले गर्ने भए पनि प्रहरीले आफ्नो जिम्मेवारीअनुसार प्रमाण संकलन गरेरै मुद्दा अगाडि बढाएको बताए।

‘हामीले के-के प्रमाणहरू प्राप्त गर्‍यौं, संकलन गरेका प्रमाणहरूको परीक्षणसमेत गराएर मिसिल तयार गरी पठाएको हो,’ उनले भने, ‘अन्तिम फैसला हुँदाका बखत बल्ल आउला।’

आफू सीआईबी प्रमुख हुँदादेखि नै सहकारी प्रकरणको अनुसन्धानमा संलग्न रहेको बताउँदै उनले यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गरेको र त्यसैका आधारमा कानूनी प्रक्रिया अगाडि बढेको स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!