२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सशस्त्र प्रहरी बाराले झण्डै १० लाख ५५ हजार रुपैयाँ बराबरको भन्सारछली सामानहरु बरामद,

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

बारा । मटिअर्वा सीमा इलाकामा खटिएको प्र.सि.सु. गुल्म मटिअर्वाको टोली सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा ले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त सामानसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ । त्यस्तै, जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वमा खटिएको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँचको क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका भन्सारछली लेडिज कपडा बरामद गरेको छ ।

विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको टोलीले मोटरसाइकलमार्फत ल्याइएका १ लाख १२ हजार ७९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ । यसैगरी, सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको छ । एसपी खुमबहादुर केसीका अनुसार, बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक प्रक्रिया पश्चात् वीरगञ्ज भन्सार कार्यालयमा आजै बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!