१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

भारतमा बेचबिखन गर्न युवतीहरुलाई लिएर जाँदै गरेकी एक महिला बिरगंजबाट पक्राउ,

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

पर्सा । वीरगन्ज नाकाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छन् ।

भदौं ३ गतेका दिन सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई भारत लिएर जाँदै गरेको अवस्थामा वीरगन्जको इनर्वा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा सिर्मलले विभिन्न प्रलोभन देखाएर उनिहरुलाई भारतमा बेचबखिन गर्ने नियतले लैजान लागेको खुलेपछि प्रहरीले सिर्मललाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनिसंग रहेका तीन जना युवती र महिलाहरुको उद्धार गरि उनिहरुको अभिभावक बोलाएर जिम्मा लगाएर पठाइएको लम्सालले बताए ।

पक्राउ गरिएकी सिर्मललाई भने प्रहरीको हिरासतमा राखेर उनिविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरुमा मुद्धा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको लम्सालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!