१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

शुक्रबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आज आत्मविश्वास उच्च रहनेछ। अध्ययन, अनुसन्धान वा नयाँ कार्य योजनामा मन जानेछ। साथी वा नजिकका मानिससँग रमाइलो समय बित्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहन्छ। हतारमा निर्णय नगर्नुहोस्।
वृष
समाजमा प्रतिष्ठा बढ्ने समय हो। व्यापारिक गतिविधिमा लाभको संकेत छ। घरमा खुसीयाली वातावरण बन्न सक्छ। खर्च बढ्ने सम्भावना भएकाले बजेट मिलाएर अघि बढ्नुहोस्।
मिथुन
नयाँ अवसर प्राप्त हुने समय हो। नोकरी वा व्यापारमा नयाँ सम्भावना देखिन्छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ। यात्रा वा नयाँ काम सुरु गर्न अनुकूल समय हो।
कर्कट
पारिवारिक जीवनमा सानो असहमति आउन सक्छ, धैर्य राख्नुहोस्। खर्च नियन्त्रण गर्न नसक्दा मानसिक तनाव आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, खानपानमा ध्यान दिनुहोस्।
सिंह
हिम्मत र जोश बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्ने संकेत छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। तर निर्णय गर्दा अहंकार नदेखाउनुहोस्। आर्थिक पक्ष मध्यम रहनेछ।
कन्या
विगतका प्रयास सफल हुनेछन्। पैसाको आवतजावतमा सुधार देखिन्छ। स्वास्थ्यमा सानो असजिलो हुनसक्छ। परिवारमा खुसीको माहोल रहनेछ।
तुला
संबन्धमा आत्मियता बढ्नेछ। नजिकका साथी वा आफन्तसँग भेटघाट रमाइलो हुनेछ। आर्थिक हिसाबले केही चुनौती आउन सक्छ, लेनदेन गर्दा ध्यान दिनुहोस्।
वृश्चिक
काममा सफलता पाइने दिन हो। तर मानसिक तनाव आउन सक्छ। साथीभाइसँग असहमति सम्भावना छ, शब्द प्रयोगमा संयमता अपनाउनुहोस्। आर्थिक पक्ष सामान्य रहन्छ।
धनु
विद्यार्थी र ज्ञानप्रेमीका लागि राम्रो समय हो। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। व्यापारमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।
मकर
काममा दवाव रहन सक्छ तर प्रयास अनुसार सफलता पाइन्छ। पारिवारिक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य तर मानसिक थकाइ बढ्न सक्छ।
कुम्भ
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। यात्राको योग देखिन्छ। परिवार र मित्रतर्फबाट सहयोग पाइनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।
मीन
धार्मिक कार्यतर्फ मन जानेछ। समाजमा सम्मान पाउनुहुनेछ। तर आर्थिक हिसाबले दबाब आउन सक्छ। अनावश्यक खर्च नगर्नुहोस्। आत्मविश्वास कायम राख्नुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!