२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले रास्वपा,राप्रपा, राजाबादी भविष्य नभएको बताए,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

काठमाडौं । प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए।

‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके। उनीहरु अहिले छिन्नभिन्न अवस्थामा छन्’ पौडेलले भने ‘राजावादी कित्तामा लागेर ब्यर्थमा जीन्दगीको समय नगुजार्न म आग्रह गर्दछ।’

प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाइ छ।

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे। उनले रास्वपाको नाम नलिइ उसलाई खहरेको संज्ञा दिए। ‘यसपाली मनसुन अलि ढिला सुरु भयो। त्यही भएर अहिले खहरे खोलाहरु बढेका छन्। तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्ध्छन्’ पौडेलले भने ‘राजनीतिमा पनि खहरे देखिएका छन्। तिनीहरुको आयु लामो छैन।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर ,जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरुले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरुको नियत थाहा पाएको बताए।

‘म युवाहरुलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने ‘भुलभुलैयामा परेर जीन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरे। सरकार ढाल्छु भनेर केही समय अघि ठूलो स्वर गर्नेहरु अहिले मुर्झाएको उनको भनाइ छ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ। त्यो सधैं सरकार ढाल्छु भन्छ। सरकारलाई नै निशाना बनाउछ ’ पौडेलले भने ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ। त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ।’

वर्तमान संसदको गणितले एमाले कांग्रेस भन्दा दोस्रो विकल्प नभएको उनले बताए। सबैभन्दा सुरक्षित स्थिर सरकार यीनै दुई दल मिल्दा मात्र हुने भएकोले त्यसतर्फ आफूहरु लागेको उनको भनाइ छ। उनले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!