१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रुपन्देही प्रहरीको ठुलो सफलता भन्सार छली भित्र्याइएको पाैने २ कराेडकाे भेप चुरोटसहित पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

रूपन्देही । भैरहवामा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।लुम्बिनी सांस्कृतिक नगरपालिका- १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो ।


इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु. २ च ६३०३ नम्बरको पिकअप जीपमा शङ्का लागेपछि रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा बीलबिनाका अवैध सरसामान फेला परेको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।कार्कीका अनुसार मायादेवी गाउँपालिका-४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त पिकअपमा ठूलो परिमाणमा विभिन्न प्रकारका इलेक्ट्रोनिक भेप, फ्लेभर र प्याकेजिङका सामान बरामद गरिएको छ ।

‘उनी समान पुर्‍याउने भरियामात्रै देखिए, कहाँ पुर्‍याउने र कसको सामान भन्ने पनि केही भेटिएन, अनुसन्धानमा केही खुल्ला, उनले १५ सय भाडा दिने विषयमा मात्रै जानकार रहेको बताएका छन्’, उनले भने ।बरामद गरिएका सामान, गाडी र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रूपन्देही पठाइएको छ ।बरामद गरिएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेभर (२७ कार्टुन), इलेक्ट्रोनिक भेप (विभिन्न मोडलका ५८६१ पिस), इलेक्ट्रिक मिक्सचर, प्लाष्टिक प्याक गर्ने मेसिन र प्याकेजिङ प्लाष्टिक रहेका छन् । यी सबै सामानको कुल मूल्य १ करोड ७१ लाख २५ हजार रूपैयाँ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!