२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अर्घाखाँचीको एक बाख्रा फर्मबाट बाघले १५ वटा बाख्रा मारियो केही भाख्राहरु बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०७, २०८२

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो ।

बुधबार बाख्रा चराउन जङ्गल जादा एकै दिन ३० बाख्रा हराएका थिए । जसमध्ये १५ बाख्रा फर्ममा आएका, ती मध्य एउटा घाइते रहेको र अरु बाख्रा मध्ये ७ बाख्रा बाघले मारेको अवस्थामा फेला पारिएको फर्मका संचालक घनश्याम अधिकारीले जानकारी दिए

अरु ८ बाख्रा शनिबारसम्म फेला पार्न नसकिएको उनले बताए । बाख्रा हराएपछि लगातार खोजी कार्य गरिरहेको उनले जनाए । तर यतिका दिनसम्म बाख्रा फेला नपर्नूले ती बाख्रालाई पनि बाघले भेटेको उनको आशंका छ ।

भेटिएका ७ बाख्रा मध्ये ४ बाख्रालाई पछाडीको भागमा क्षति गरेको अरु मारेर छाडेको अवस्था भेटाइएको उनले जनाए ।

मरेका बाख्रालाई झन्डै एक किलोमिटरमा फेला पारिएको थियो । देउराली-पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले शिकार बनाएको हो ।

झन्डै दुई बर्ष अगाडि यहाँ बाख्रापालनका लागि १२ लाख लगानी लगाएर संरचना बनाइएको थियो । बाख्रासङ्गै फर्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । फर्ममा अहिलेसम्म झन्डै ३५ लाख लगानी लगाइएको फर्मका अर्का संचालक बिष्णु पौडेलले बताए ।

बाघले गर्दा फर्मका ठूलो क्षति पुगेको संचालक पौडेलले गुनासो गरे । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरा मध्ये एकै दिन १२ सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए ।

लगातारको क्षतिले फर्म सञ्चालक चिन्तामा छन् । स्वदेशमै केही गर्नूपर्छ भनेर पशुपंक्षीपालनमा लगानी लगाएपनि सोचेजस्तो हुन नसकेको उनले जनाए ।

बाख्रा मारेको अवस्था हेर्दा चितुवा नभएर बघेनी रहेको गाउँले बताउँछन् । चितुवाले यति धेरै बाख्रा एक किलोमिटरको दुरीमा लखेटेर मार्न नसक्ने गाउँले बताउँछन् ।

पछिल्लो समय यस क्षेत्रमा बाघको बिगबिगी बढ्दो छ । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जंगली जनावरले मारेको, एक बाख्रालाई घाइते पारेको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!