१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बिरगंज हेटौँडा हुँदै फाखेल सिस्नेरी सडक पहिरोको कारण अबरुद्ध सडक सुचारू,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र ०७, २०८२

काठमाडौं । त्रिभुवन राजपथबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथको कमल मत्तामा गएको पहिरोका कारण हजारौँ यात्रु अलपत्र परेका छन् ।

शुक्रवार राति ९:३० बजे बागझोराको पहिरो पन्छाएर दिउँसो ४ बजेदेखि रोकिएका सवारी साधन सञ्चालनमा ल्याउने प्रयास गरिए पनि राति १० बजे फेरि पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वीरगञ्जबाट हेटौँडा हुँदै काठमाडौँलगायतका स्थान तर्फ जाने सवारी साधन हेटौँडा नजिकै रोकिएका छन् । ठूलो पहिरोका कारण पैदल हिँड्नसमेत असम्भव भएकाले हजारौँ यात्रु बिच बाटोमा फसेका छन् । काठमाडौँबाट आएका सवारी साधन भैँसेमा र हेटौँडाबाट काठमाडौँ जान लागेका सवारी साधन चौकी टोलमा रोकिएका छन् ।

मकवानपुरका ट्राफिक प्रमुख इन्स्पेक्टर बच्चुराम फुयाँलका अनुसार पहिरो पन्छाएर यातायात सञ्चालनको प्रयास भइरहेको छ । पहिरो पन्छाउने कार्यको अनुगमनका लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र नारायण यातायात व्यवसायी सङ्घका महासचिव सरोजकुमार खनाल घटनास्थल पुगेका थिए ।

अधिकारीहरूले एक घण्टाभित्र यातायात सञ्चालनमा आउन सक्ने अनुमान गरेका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा यात्रा गरिरहेकाहरू शुक्रवार रातिदेखि नै पहिरोका कारण अलपत्र परेका छन् । अवरुद्धताले यात्रुहरूलाई ठूलो सास्ती भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!