१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सशस्त्र प्रहरी बल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको आठौं स्थापना दिवस सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०७, २०८२

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सीमावर्ती क्षेत्रमा विपत व्यवस्थापन र राजस्व संकलनमा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान गरेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीसहित काम गरी नागरिकमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

महानिरीक्षक अर्यालले सिमा नाकामा हुने तस्करी नियन्त्रण गर्न केवल प्रहरी मात्र सक्षम नहुने भएकाले सबैको सहकार्य अपरिहार्य रहने बताउनुभयो । उहाँले संगठनलाई यहाँसम्म ल्याउन सहिद भएका प्रहरीहरूको योगदान स्मरण गर्दै श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो ।

त्यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले समाजमा विपत व्यवस्थापनदेखि सिमासुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा उर्वसी आचार्यलाई लागुपदार्थ नियन्त्रण दूतको जिम्मेवारी प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र कुवरले प्रदेशभर सशस्त्र प्रहरीद्वारा सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी दिनुभयो ।

उहाँले समुदायस्तरमा पुगेर काम गर्ने रणनीतिले संगठनलाई नागरिकसँग नजिक बनाउन सहयोग गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!