१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

लुम्बिनीका मुख्यमन्त्री आचार्यले थारु समुदायको बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, भाद्र ०८, २०८२

दाङ । मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनप्रति प्रतिबद्धता छ ।’

उनले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको बताए । त्यसैअन्तर्गत थारु समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्वपूर्ण रूपमा स्थापित भएको उनको भनाइ छ ।

बर्का अट्वारी पर्वमा विशेष गरी थारु पुरुषहरूले उपवास बस्ने, निराहार ब्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारु समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भनाई मुख्यमन्त्री आचार्यको छ ।

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको दिएको छ ।

प्रदेश सरकारले मौलिक कला, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै उनले यसले पर्यटन विकासमा समेत योगदान पुर्याउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!