२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीको एआईजी र डिआईजी बढुवाको तयारी हुँदै,को, को, छन् दाबेदारहरु ?

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी)सहित तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवाअवधी पूरा गरी अवकाशमा जाँदैछन् ।

संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना नहुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू १८ भदौमा घर जाने भएका हुन् ।

आईजी दिपक थापासहित तीन एआईजीहरु सुदिप गिरी, टेक तामाङ र कृष्णहरि शर्मा पोखरेल गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका नायब महानिरीक्षक (डिआईजी)ले एआईजी र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)ले डिआईजी हुने मौका पाउने भएका छन् ।

आईजी थापा, एआईजीहरु गिरी र तामाङ भदौ १८ को मध्यरातबाट सेवा निवृत्त हुँदैछन् भने अर्का एआईजी पोखरेल ५६ वर्षे उमेरहद लागेर भदौ १४ को मध्यरात अवकाश हुँदैछन् । उनीहरूको अवकाशपछि अहिले डिआईजी दर्जामा कार्यरत चार अधिकृतले एआईजीमा बढुवा पाउँछन् ।

एआईजीको लागि ९ डिआईजी प्रतिस्पर्धी

नेपाल प्रहरीको वरिष्ठताअनुसार २०८१ मंसिर र पुसमा एसएसपीबाट डिआईजी बढुवा हुने अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार हुन् । मंसिरमा बढुवा भएका ४ जना र पुसमा डिआईजी भएका ५ जना प्रतिस्पर्धामा छन् ।

२०८१ मंसिरमा डिआईजी बढुवा भएका ८ जनामध्ये तीनजनाले अवकाश पाइसके । सोही बढुवामा डिआईजी भएका सिद्धिविक्रम शाह एआईजी भइसकेका छन् । १८ भदौपछि रिक्त हुने एआईजीका लागि २०८१ मंसिरमा डिआईजी भएका चारजना प्रमुख दाबेदार हुन् ।

डिआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् । उनीहरु डिआईजीमा क्रमशः ५ देखि ८ नम्बरमा बढुवा भएका थिए । अहिलेको एआईजी बढुवामा उनीहरु सिनियर डिआईजी हुन् ।

यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । अनुसन्धान विभागमा उनीहरू एउटै मिति (२०५३ पुस ५) मा भर्ना भएका थिए ।

यीमध्ये राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेस प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् । अहिले बरियतामा अगाडि रहेकाले एआईजी बढुवामा उनीहरुको सम्भावना प्रबल छ । चारैजना अब्बल प्रहरी अधिकृत समेत हुन् ।

तर, २०८१ पुस २८ मा डिआईजी बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि एआईजी बढुवाको लागि दौडधुप गरिरहेका छन् । यी पाँचैजना नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका हुन् ।

यसमध्ये कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख छन् ।

डिआईजी बढुवामा कसको सम्भावना कति ?

त्यस्तै असोजसम्म थप एक डिआईजी रिक्त हुँदा पाँच एसएसपीले डिआईजीमा बढुवा हुने मौका पाउँछन् । अहिले डिआईजी रहेका सञ्जिव शर्मा दास उमेरहदका कारण अवकाश हुँदा डिआईजीको रिक्त संख्या पाँच पुग्ने हो । त्यसका निम्ति करिब दुई दर्जनका बीचमा प्रतिस्पर्धा छ ।

पछिल्लो समय बरियता कायम गरी बढुवा भइरहेकाले एसएसपीबाट डिआईजी बढुवामा पनि बरियता कायम रहने सम्भावना बढी देखिन्छ । जसअनुसार डिआईजीको लागि यसअघि बढुवामा छुटेका शारदाप्रसाद चौधरी प्रमुख दाबेदारको रुपमा देखिएका छन् ।

एसएसपी चौधरी भने २०५५ जेठ ७ मा अनुसन्धान विभागमा भर्ना भई २०५८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । हाल उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

यस्तै २०८० वैशाख २४ गते एसएसपी भएका १८ जनामध्ये विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन प्रतीस्पर्धी हुन् ।

उनीहरु सबैजना प्रहरी संगठनमा अब्बल मानिन्छन् । बरियतामा अगाडि रहेका एसएसपी विश्व अधिकारीले हाल जिल्ला प्रहरी परिसर काठमाडौंको सफल कमाण्ड सम्हालिरहेका छन् । विवादरहित अधिकारी आफ्नो बरियतालाई कायम राख्न खोजिरहेका छन् ।

यस्तै दोस्रो नम्बरमा रहेका एसएसपी खत्री हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन् । यसअघि काठमाडौं प्रहरीको सफल कमाण्ड सम्हालेका खत्री पनि संगठनमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन् । पहिलो नम्बरमा आउन उनले समेत लबिङ गरिरहेका छन् ।

यस्तै तेस्रो नम्बरमा रहेका एसएसपी सानुराम भट्टराईले उपत्यका अपराध अनुसन्धान कार्यालयको सफल कमाण्ड सम्हालेर आफ्नो जिम्मेवारी पूरा गरेका अधिकृत हुन् । उनको कार्यकालमा कार्यालयले थुप्रै अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरमा ल्याएको थियो ।

प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको पहिचान बनाएका भट्टराई समेत एक नम्बरमा आउनको लागि आफ्नो ठाउँबाट लागिरहेका छन् । त्यस्तै शेखर खनालले जिल्ला प्रहरी परिसर, ललितपुरको सफल कमाण्ड सम्हालेर आफ्नो जिम्मेवारी पूरा गरेका थिए । जसकारण उनीसमेत डिआईजी बढुवाको दौडमा अगाडि देखिएका छन् ।

यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयकै सफल कमाण्ड सम्हालेका एसएसपी सोमेन्द्र सिंह राठौर पनि डिआईजी बढुवाको दौडमा अगाडि नै देखिएका छन् । अनुसन्धानमा अब्बल अधिकृतको पहिचान बनाएका राठौर हाल त्रिभुवन अन्तर्राष्टिय विमानस्थल प्रहरी प्रमुखको रुपमा कार्यरत छन् ।

यसैगरी ओम अधिकारी, मुकुन्द मरासिनी, अविनारायण काफ्ले, दिप शमशेर जबरा संगठनमा अब्बल अधिकृतको पहिचान बनाएका प्रहरी हुन् । उनीहरु पनि डिआईजी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् ।

यसैगरी महिला अधिकृत भएर पनि प्रहरी संगठनमा अब्बल भूमिका निर्वाह गरेकी एसएसपी पन्त पनि डिआईजी बढुवामा देखिएकी छन् । यस्तै एसएएसपी तारादेवी थापा पनि प्रहरी संगठनमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन् ।

यस्तै उनीहरुकै ब्याचका बसन्त रजौरे २०८० मंसिर ६ गते र रमेश बस्नेत २०८

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!