१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सोमबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र ०९, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : दिन सामान्य छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए साथीसँगको सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा ढिलासुस्तीको योग रहेको छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता कायम राख्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। आज कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

तुला : दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

मीन : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!