२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कार्यदक्षता मूल्याङ्कन Police Baton २०८२ अन्तरगत एआईजी केसीद्वारा कोशी प्रदेशको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

 

विराटनगर । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत भदौ ८ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण सम्पन्न भएको छ ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको केन्द्रिय मुल्याङकन टोलीबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, जनशक्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिबिधि, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरिएका नविनतम कार्य लगायत विविध विषयमा निरीक्षण तथा अवलोकन भएको थियो ।

यसै गरी निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक संरचना लगायत प्रशिक्षण पद्धतिको निरीक्षण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी गणको कार्यालय भवन तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदर्शन गरिएको डेमोस्ट्रेसनको अवलोकलन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।