१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र ०९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।

प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए ।

करिब ५० मिनेट विप्लव निवासमा बिताएर प्रचण्ड त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!