२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

शाहले हालेको रिटमा उच्च अदालतद्वारा घोराही उपमहानगरलाई कारण देखाउ आदेश भदौ १८ गते पेशी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

दाङ । तुल्सीपुर घोराही ८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै कानुन बिपरितको कदम रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा सोमबार दायर गरिएको रिटमा घोराही उपमहानगरपालिकालाई कारण देखाउ आदेश जारी गरिएको छ । अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शुक्रबार शाहले रिट अदालतमा दर्ता गरेका हुन । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अर्को पेसिमा बोलाएको छ । सर्बत्र चासो र चिन्ताको रुपमा रहेको प्रकरण अन्तत अदालतसम्म पुगेको छ ।

उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए । उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाकी कार्यकाल पुरा गर्न अदालतले आफुलाइ पुर्नबहालि गरिदिने बिश्वास ब्यक्त गरेका छन । जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाईएको दाबीसहितको रिटमा उनले गैरकानुनि ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाईएको बताएका छन् । कानुनि लडाई आफुले जित्ने र बाकि कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको बताए । शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गाे कार्यपालिकालाइ बिपक्षि बनाई अदालतमा रिट हालेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!