२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

रौतहटमा रुबी कुमारी साहको शव फाल्न प्रयोग गरिएको रिक्सा चालक पक्राउ अनुसन्धान गर्दै प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

रौतहट । माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो।

तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी अधिकारीले बताएका छन्।

शव फाल्न भाडामा दिएका ई–रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। उनले आफूले के सामान हो भन्ने जानकारी नभएको तर बीच बाटोमै रिक्सा बिग्रिएपछि आफूलाई फर्काइदिएको उनले प्रहरीलाई बताएका छन्।

उनले प्रहरीले बताएअनुसार आरोपितले गंगा पिप्रासम्म ५ सय रुपैयाँमा रिक्सा भाडामा लिएका थिए। बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस छाडेर उनीहरू फरार भएको खुलेको छ।

हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीको दाबी छ।

‘अहिले अनुसन्धान भइरहेको छ। छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘शंकित व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ।’

ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ।

‘हामी अनुसन्धानको निस्कर्षतिर पुगेका छौँ। अनुसन्धानका सबै पाटो पोजेटिभ छन्। यति भनेपछि बुझ्नुस्, हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने।

२६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ। शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन्।

तर त्यसै राति गौर नगरपालिका ९ मुडवलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो। राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनि प्रहरीले आइतबार बिहान स्थानीयको रोहबरमा सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो।

रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो। घटनापछि रुबीका श्रीमान् पनि प्रहरीको सम्पर्कमा पुगेका छन्।

रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन्। भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्।

ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ। रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन। राति ९ बजेतिर भने स्वीच अफ भएको थियो।

त्यसको केही समयमै सुटकेस फेला परे पनि भोलिपल्ट बिहान मात्रै शव रहेको खुलेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!