२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खातामा पैसा नभएको चेक काट्दै हुनुहुन्छ भने होशियार जुनसुकै बेला प्रहरीले पक्राउ गर्न सक्छ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

काठमाडौं । सरकारले ल्याएको पछिल्लो नियमअनुसार चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीले हेर्ने भएसँगै, खातामा पैसा नभएको खाली चेक दिने व्यक्तिलाई प्रहरीले जुनसुकै समयमा पक्राउ गरी हिरासतमा राख्न सक्ने भएको छ । चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको छ ।

राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक बाउन्ससम्बन्धी कसुर प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । ‘बैंकिङ कसुर तथा सजाय ऐन’ संशोधनमार्फत ‘विनिमय अधिकार ऐन, २०३४’ को दफा १०७(क) खारेज गरिएको छ । हाल प्रहरीले अनुसन्धान गर्ने मुद्दाहरूको अग्रस्थानमा चेक बाउन्ससम्बन्धी मुद्दा नै रहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]