२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आईजीपी थापाको अवकाश हुने दिन नजिकै हुँदा एआइजी खापुङको भावी आइजीपी हुने निश्चित,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

काठमाडौं । सरकारले चाहेमा उनी दुई महिनाका लागि आइजीपी हुने निश्चित भएको हो। लामो समय आइजीपी हुन नपाएपनि इतिहासमा नाम दर्ज हुने सम्भावनालाई टार्न सक्ने अवस्था नभएकाले उनको निश्चित जस्तै देखिएको प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

प्रहरी ऐनमा कुनै फेरबदल नआएमा अबको ८ दिनभित्र आइजीपी थापा अवकाश हुँदैछन्। संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना समाप्त प्रायः हुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू भदौ १८ मा अनिवार्य रुपमा अवकाशमा जाँदैछन्। अझ कृष्णहरी शर्मा त भदौ १४ मै घर जाँदै छन्। शर्मा चाँडै घर जाने भएकाले खापुङलाई झन् सहज भएको छ।

उता २०५४ सालमा भर्ना भएका र आइजीपीको मुखमा रहेका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी र राष्ट्रिय अनुसन्धान विभागबाट आएका सिद्धि विक्रम शाहले आफ्नो शक्तिलाई परिचालन गर्न थालिसकेका छन्। खापुङपछि उनीहरुकै पालो भएकाले शक्ति केन्द्र परिचालनमा लागेका हुन्।

आईजीसहित तीन एआईजी गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका डीआईजीले एआईजी र एसएसपीले डीआईजी हुने छन्। यदि संसदमा विचाराधीन अवस्थामा रहेको नेपाल प्रहरी विधेयक २०८१ अध्यादेशबाट जारी भएमा वा प्रहरी सेवा नियमावलीमा संशोधन गरी ३० वर्षे अवधि हटाएमा भने भदौमा कसैलाई पनि तनाब हुँदैन।

त्यतिखेर २०५४ सालमा भर्ना भएका र अहिले एआइजीमा बहाल भई कात्तिकको अन्तिम साता आइजीपी हुने लाइनमा रहेकाहरुलाई तनाब उत्पन्न हुनेछ।

राज्य व्यवस्था समितिमा आएको कुलिङ पिरियडको समस्यासँगै प्रहरी ऐनको छलफल नै रोकिएको र संसदमा विधेयक नै विचाराधीन रहेको स्थितिमा केही व्यक्तिलाई लक्षित गरी नियमावली मात्रै तलमाथि गर्ने अवस्था नभएकाले शुरुमा खापुङ र त्यसपछि कार्की, अधिकारी, केसी र शाहको पालो आउनेछ।

राज्य व्यवस्था समितिमा आएको कुलिङ पिरियडको समस्यासँगै प्रहरी ऐनको छलफल नै रोकिएको र संसदमा विधेयक नै विचाराधीन रहेको स्थितिमा केही व्यक्तिलाई लक्षित गरी नियमावली मात्रै तलमाथि गर्ने अवस्था नभएकाले शुरुमा खापुङ र त्यसपछि कार्की, अधिकारी, केसी र शाहको पालो आउनेछ।

आईजी दीपक थापा, एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी भदौ १८ को मध्यरातबाट सेवा निवृत्त हुँदैछन् भने अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेरहद लागेर भदौ १४ को मध्यरात अवकाश हुँदैछन्।

उनीहरूको अवकाशपछि अहिले डीआईजी दर्जामा कार्यरत चार अधिकृतले एआईजीमा बढुवा पाउँछन्। असोजसम्म थप एक डीआईजी रिक्त हुँदा पाँच एसएसपीले डीआईजीमा बढुवा पाउँछन्।

नेपाल प्रहरीको वरिष्ठताअनुसार २०८१ मंसिर र पुसमा एसएसपीबाट डीआईजी बढुवा हुने अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार हुन्। मंसिरमा बढुवा हुने ‘राअ टोली’ का ४ र पुसका ५ डीआईजी छन्। २०८१ मंसिर मा डीआईजी बढुवा भएका आठमध्ये तीनजना अवकाश भइसके।

सोही बढुवामा डीआईजी भएका सिद्धिविक्रम शाह एआईजी भइसकेका छन्। भदौमा रिक्त हुने तीन एआईजीका निम्ति एउटै ब्याचका चार डीआईजी दाबेदार हुन्। त्यसमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक क्रमशः ५ देखि ८ नम्बरमा बढुवा भएका थिए।

उनीहरुमध्ये चर्तेुवेदी, श्रेष्ठ र राठौरले आफू एआइजीको दावेदारीमा पहिलो रहेको भन्दै हिँड्न थालेका छन्। यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्।

अनुसन्धान विभागमा उनीहरू एउटै मिति (२०५३ पुस ५) मा भर्ना भएका थिए। यीमध्ये राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेस प्रदेश प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन्।

२०८१ पुस २८ मा डीआईजी बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि भदौको एआईजी बढुवामा उनीहरुलाई चुनौति दिइरहेका छन्।

यी पाँचैजना नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका हुन्। यसमध्ये कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख छन्।

उनीहरुकै व्याची एआइजी भैसकेकाले यो दावी स्वाभाविक छ। चार डीआईजी एआईजीमा बढुवा भएपछि असोजमा डीआईजी दर्जाका पाँच सीट खाली हुन्छ। त्यसका निम्ति १२ जनाका बीचमा प्रतिस्पर्धा छ।

अहिले डीआईजी रहेका सञ्जिव शर्मा दास उमेरहदका कारण अवकाश हुँदा डीआईजीको रिक्त संख्या पाँच पुग्ने हो। उक्त बढुवाका लागि यसअघि डीआईजी बढुवामा छुटेका शारदाप्रसाद चौधरीसहित २०८० वैशाख २४ गते बढुवा नियुक्त एसएसपी टोलीका १० जना दाबेदार छन्।

चौधरी भने २०५५ जेठ ७ मा अनुसन्धान विभागमा भर्ना भई २०५८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्। हाल उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्। २०८० वैशाख २४ मा बढुवा भएका १० मध्ये हाल ९ एसएसपी सेवामा छन्।

विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी र दीपशमशेर जबराले डिआइजी हुनका लागि आफ्नो दावी पेश गरिरहेका छन्। बसन्त रजौरे २०८० मंसिर ६ गते र रमेश बस्नेत २०८० माघ १७ मा एसएसपी बढुवा भएकाहरु पनि डिआइजीको दौडमा रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!