दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सेनाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षक गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बम सहितका ट्राफिक प्रहरी कार्यालय अस्थायी ट्राफिक प्रहरी पोष्टहरुका प्रमुख र दाङ जिल्ला
ट्राफिक कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु गरी जम्मा ३५ (पैतिस) जना प्रहरी कर्मचरीहरुलाई आउदै गरेका चाडपर्व लक्षित गरी ट्राफिक प्रहरी कर्मचारीहरुले सभ्य,शिष्ट,नम्र र कानून बमोजिम गर्नु पर्ने कार्यमा अडिग भई सवारी दुर्घटना न्यूनिकरण,ट्राफिक व्यवस्थापन लगायतका कार्यहरु सम्बन्धि ब्रिफिङ तथा अन्तरक्रिया गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।