२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाली चलचित्रकी नायिका बेनिशा हमालको फोटो सुट्

Logo
Abc Sanchar प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका हुन्, बेनिशा हमाल । सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी हमाल निरन्तर यसै क्षेत्रमा कार्यरत छिन् । उनको सुन्दरता र प्रतिभाकै कारण उनी रंगमञ्चमा टिकिरेहकी छन् ।उनले एक दर्जनभन्दा बढी चलचित्र र सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। सन् २०११ मा चलचित्र ‘स्वर’बाट सहायक भूमिका निर्वाह गरेकी उनले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन्। उनको फिल्मी करिअर निकै उतारचढाव रहिरह्यो तर, उनले पेशा भने छाडिनन् । पछिल्लोसमय उनले हिट फिल्म ‘छक्का पन्जा ४’ दिइन् । उनले ‘हात्तीछाप’ र ‘उपहार’सहित एक हिन्दी फिल्ममा काम गरिन्।
गत वर्ष ‘एक्लो’ र ‘मोहर, ‘सिटामोल’ को छायांकन गरिसकेकी हमालले यतिबेला चलचित्र ‘कल्ली’मा काम गरिरहेकी छिन्। यस वर्ष उनका ४ फिल्म रिलिज हुने पक्का भएको छ । उनको करिअरमै पहिलोपटक ४ फिल्म एकैवर्ष आउन लागेका हुन् । २०८२ का लागि उनले पहिलो फिल्मको रुपमा ‘बिगुल’ सम्झौता गरेकी छन्। करिअरमा कति फिल्म फ्लप भए तर, उनको चर्चा भने कायमै रह्यो र फिल्मको खडेरी लागेन । यही दृष्टान्तबाट फिल्मी करिअर कसरी टिकाउनुपर्छ यो चाँही हमालबाट सिके हुन्छ भन्दा फरक पर्दैन ।

नायिका हमाल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनका आकर्षक र रहरलाग्दा तस्विरहरूले फ्यानहरूलाई मोहित बनाएको छ भने उनको पछिल्लो गतिविधिहरूले उनको करिअरमा नयाँ आयाम थप्ने संकेत दिएको छ। विभिन्न रमणीय स्थानहरूमा खिचिएका उनका सुन्दर तस्विरहरूलाई फ्यानहरूले खुलेर प्रशंसा गरेका छन्। कमेन्ट बक्समा उनको सुन्दरता र आकर्षणको तारिफ गर्नेहरूको ओइरो लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!