२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मोटरसाइकल चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिनक सरकारको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।

बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।

दुई पाङ्ग्रे सवारीका चालकले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्ने/गराउने र हेल्मेट नलगाई इन्धन लिन आएमा त्यस्तो सवारीलाई इन्धन नदिने अर्थात् इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्न/गराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरी पेट्रोल पम्पहरूमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान यकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाइने भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेश भित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरू बारेमा प्रस्तुतीकरण राखेको थियो । मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै निकायहरूलाई परिचालित भई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

उनले सवारी चालकको मादक पदार्थ र लागू पदार्थ सेवनको परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयकासचिव वीरेन्द्रकुमार भारती, बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेल, बागमतीकव्# प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पेट्रोलियम डिलर्स एसोसिएन बागमती प्रदेश अध्यक्ष सुदर्शन कार्की, बागमती प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायत सहभागी थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!