२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, भाद्र १२, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वस्तु विद्
9848060799

मेष : दिन सामान्य छ। अग्रजबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा ठुलो समस्या आइपर्ने देखिन्छ। शिक्षा र वैदेशिक रोजगारीको क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी साथीले आलोचना गरेको सुन्नुपर्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुन : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथले राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। बोल्दा सचेत बन्नुपर्नेछ। नसोची बोलेको कुराले आफैंलाई संकटमा पार्नेछ। व्यापार डुब्ने जोखिम देखिन्छ। विपक्षीसँग सहमति गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शनिको प्रभावले मनमा चञ्चलता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधारका सङ्केत देखिने छन्। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको सल्लाह र सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त र प्रशन्न हुनेछ। विज्ञसँगको भेटले बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको गहिरो अध्ययनले नाफा हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। आफूभन्दा ठुलाबाट अपमानित भएको महसुस हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुने योग छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

कुम्भ : दिन राम्रो छ। बौद्धिक साथीको साथ मिल्नेछ। विपक्षी कमजोर बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!