काठमाडौं । प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई हटाएको छ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनलाई हटाइएको हो।
जेलभित्र बारम्बार झडप हुँदा पनि उनले राम्रो समन्वय गर्न सकेका थिएनन्।
सोही प्रकरणमा सिडिओ गोगन हमाललाई तीन हप्ताअघि नै सरुवा गरिएको थियो ।
एसपी राणा जून जिल्लामा पनि विवादमा पर्ने गरेका छन्।