धनगढी । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौड भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ भने बाँकी पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
दुर्घटनापछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.ले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।