२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वस्तु विद्
9848060799

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

वृष : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। थोरै बोल्नु उपयुक्त हुनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। आज नयाँनयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजयी प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

तुला : मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक झगडा हुनेछ। स्वास्थ्यमा गडबढी हुने जोखिम छ। अनावश्यक यात्रामा पैसा र समय खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ।

धनु : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर : दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन : काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!