२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दीपक थापाको पदावधि थप नहुने (एआईजी) चन्द्र कुवेर खापुङलाई (आईजिपी) नियुक्त गर्ने सरकार

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

काठमाडौं । सरकारले शुक्रबार नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ।
उच्च राजनीतिक स्रोतका अनुसार प्रहरी प्रमुखमा एआईजी चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णयमा सरकार पुगेको छ।

जेष्ठता र वरिष्ठताका आधारमा खापुङ प्रहरी नेतृत्वका लागि एकल दाबेदार मानिन्छन्। हाल उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका छन्। खापुङले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि एआईजी दानबहादुर कार्की र राजन अधिकारीमध्ये एक जना आईजीपी बन्ने अपेक्षा गरिएको छ।

शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय लिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक दीपक थापा भने आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधि पूरा गर्दै थापा अवकाशमा जान लागेपनि पदावधि थपका लागि उनी स्वयं र सरकारसँग निकट सम्बन्ध भएका केही व्यापारी सक्रिय भएको चर्चा थियो।

तर, यसअघि नियमावली संशोधन गरी थापाको कार्यकाल थप्ने कुरा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली जेष्ठता र वरिष्ठता अनुसार महानिरीक्षक नियुक्त गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!