२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सशस्त्र प्रहरी बीओपी जयसपुरको ठुलो सफलता चेक गर्ने क्रममा २३ लाख भन्दा बढीको अवैध औषधि बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

बाँके । नेपालगंज सशस्त्र प्रहरीले बाँकेमा भन्सार छली गरी ल्याउँदै गरिएको करिब २३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१८, लगदहवाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरको टोलीले चेकजाँच गर्ने क्रममा ALCO DROPS नामक औषधि ठूलो मात्रामा फेला पारेको हो । बरामद गरिएका औषधि नेपाल भित्र्याउने क्रममा आवश्यक कागजात नभएको तथा भन्सार शुल्क नतिरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले बरामद औषधिहरू आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइएको जनाएको छ । औषधि कहाँबाट ल्याइएको हो र यसमा संलग्न व्यक्ति वा समूह को हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले पछिल्ला दिनमा बाँके र आसपासका नाकामा भन्सार छली तथा अवैध व्यापार नियन्त्रण गर्न चेकजाँच कडा पारेको सशस्त्र प्रहरी बल बिओपी जैसपुर नेपालगन्जका इन्चार्ज आदेश पुनले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!