२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गढवाकाे कुलपानीमा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख जिबन पंगेनीलाई स्वागत

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

दाङ । लमही डिभिजन वन कार्यालय लमही, देउखुरीमा प्रमुखकाे भूमिकामा हालै सरूवा भएर आएका जीवन पंगेनीलाई देउखुरीकाे गढवामा स्वागत गरिएकाे छ । डिभिजन वन कार्यालय पश्चिम नबलपरासीबाट हालै सरूवा भएर देउखुरी आएका सिनियर डिभिजन प्रमुख पंगेनीलाई बिहीबार अपरान्ह एक कार्यक्रम समारोहमा स्वागत गरिएकाे हाे ।

लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले हालै वन अधिकृतहरूकाे सरूवा गरेकाे थियाे । साेही अनुसार डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन प्रमुख महेन्द्रराज वाग्लेलाई कपिलबस्तु जिल्लाको चन्द्रौटा सरूवा गरिएपछि खाली रहेको त्यस ठाउँमा पश्चिम नवलपरासीका सिनियर डिभिजन प्रमुख पंगेनी देउखुरी आएका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा, गाेबरडिहा काष्ठ तथा फर्निचर उद्योग बड्हरा र कुलपानी सामुदायिक वन उपभोक्ता समूह बड्हराकाे आयाेजनामा देउखुरीकाे गढवा गाउँपालिका-१, बड्हरामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

स्थानीय महासंघ गढवा, उद्योग र वन समूहका अध्यक्ष समेत रहेका नबराज शर्माकाे अध्यक्षता एवम् भरखरै सरूवा भएर आएका डिभिजन वन कार्यालय देउखुरी लमहीकाे प्रमुख जीवन पंगेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूसालकाे विशिष्ट आतिथ्यता स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे हाे ।

महासंघका अध्यक्ष नबराज शर्माकाे अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरी लमही दाङका प्रमुख जीवन पंगेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नबआगन्तुक पंगेनीलाई फूलको माला र खादा लगाई स्वागत गरिएकाे थियाे । साे अवसरमा बाेल्दै नब आगन्तुक डिभिजन प्रमुख पंङ्गेनीले आफू सामुदायिक वन समूहकाे विकासका लागि प्रतिबद्ध रहेकाे बताएका छन् । पंगेनीलेआफू देउखुरी बस्दा सामुदायिक वन समूहका उपभोक्ता र सराेकारवालाहरूसंग सहकार्य गर्दै अघि बढ्ने आफ्नो प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

सोही स्वागत कार्यक्रमका विशिष्ट अतिथी एवम् महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनका सवालमा डिभिजन प्रमुख गम्भीर बन्न आग्रह गरेका छन् । भुसालले सामुदायिक वनमा दिगाे वन व्यवस्थापनकाे कार्यक्रमलाई प्रभावकारी बनाउँदै वन समूहलाई आय आर्जनसंग जाेड्नुपर्नेमा जाेड दिए । महासंघका दाङ जिल्ला प्रबक्ता तिर्थराज ज्ञवालीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ वन अधिकृत उपेन्द्र अर्याल, सव डिभिजन वन कार्यालय कालाकाटेका प्रमुख अनन्त डाँगी र वन महासंघ लुम्बिनीका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ता लगायतका वक्ताले बाेलेका थिए ।

साथै कार्यक्रममा सहभागीहरूले सामुदायिक वन समूहकाे हितमा बिना झन्झट छिटाे छरिताे कार्य सम्पादन गर्न सुझाव पनि दिएका छन् । कार्यक्रमकाे सञ्चालन गाेबरडिहा काष्ठ तथा फनिचर उद्योगका सचिव चित्र महताराले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!