२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सांसद यादवले नगर प्रहरी एसएसपी पाण्डेको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै माफी माग्न माग गरिन्

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले कवाड व्यवसायीहरू गत सोमबारदेखि नै सडक आन्दोलनमा रहे पनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाइन्। सांसद यादवले काठमाडौँ महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गरिन् ।

एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनी दिएको अभिव्यक्ति निन्दनीय रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘सोमबारदेखि कवाड व्यवसायीहरू सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरूलाई वार्तामा बोलाएर उहाँहरूको मागहरू पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ ।’

सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उनको माग छ । -न्युज एजेन्सी नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!