काठमाडौं । ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाउन लागेका हुन्। उनको प्रहरी प्रधान कार्यालयले शुक्रबार बिदाई गर्न लागेको छ।
प्रहरीमा आगामी साता एआइजीका चार पद रिक्त हुँदैछन्। एआइजी चन्द्रकुबेर खापुङ आइजिपी बढुवामा सिफारिस भएकाले थप एक पद रिक्त हुँदैछ। त्यस्तै, आइजिपी दिपक थापासँगै एआइजीद्वय सुदिप गिरी र टेकबहादुर तामाङले पनि अवकाश पाउँदैछन्।
रिक्त हुने एआइजी पदको बढुवाका लागि सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, डम्बरबहादुर बिक, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाबिच प्रतिस्पर्धा छ।