२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, भाद्र १४, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आजको दिन निर्णय लिन हतार नगर्नुहोस्। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक तनाव कम गर्न योग र ध्यान उपयोगी हुन्छ।
वृषभ
गोचरको प्रभावले आर्थिक लाभ, नयाँ अवसर र प्रतिष्ठा प्राप्त हुने योग छ। घर परिवारमा सुख र आत्मीयता बढ्नेछ।
मिथुन
व्यावसायिक क्षेत्रमा सफलता र प्रभाव बढ्नेछ। अध्ययन र बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। आज सुरु गरेका कामबाट लाभ हुने संकेत छ।
कर्कट
चन्द्रमा नीचस्थानमा भएकाले भावनात्मक अस्थिरता हुन सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
सिंह
त्रिग्रह योगले तपाईँमा ऊर्जा र आत्मविश्वास बढाउनेछ। करियर र नेतृत्व क्षमतामा प्रगति हुनेछ। तर अहंकार बढ्न नदिनुहोस्।
कन्या
दैनिक कामहरू सफलतापूर्वक पूरा गर्न सक्नुहुन्छ। स्वास्थ्य सामान्य, आर्थिक पक्ष पनि स्थिर रहने सम्भावना।
तुला
घर परिवारमा खुशी र आत्मीयता बढ्नेछ। विवाह वा प्रेम जीवनमा राम्रो समय। आर्थिक लाभको संकेत।
वृश्चिक
चन्द्रमा नीच भएकाले आज तपाईंलाई मानसिक उतारचढाव र थोरै तनाव हुन सक्छ। निर्णय गर्दा धैर्य अपनाउनुहोस्।
धनु
सामाजिक र व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक कार्य वा अध्ययनमा अवसर आउन सक्छ।
मकर
आर्थिक पक्ष मजबुत हुनेछ। पारिवारिक सहयोग र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहने संकेत।
कुम्भ
पुराना लगानीबाट फाइदा मिल्नेछ। व्यावसायिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।
मीन
सृजनात्मक कार्यमा सफलता मिल्नेछ। धार्मिक वा आध्यात्मिक कार्यमा मन जानेछ। स्वास्थ्यमा सामान्य सुधार।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!