२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बर्दीमै भिडियो बनाई जागिरप्रति असन्तुष्टि पोख्ने प्रहरी जवान भुगाईलाई बाँके प्रहरीले कारबाही गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र १४, २०८२

बाँके । बर्दीमै आफ्नो जागिरप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि नेपाल प्रहरीका एक जवान माधवप्रसाद भुगाईमाथि ​कारबाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत भुगाईले टिकटकमा ३७ सेकेन्डको भिडिओ बनाई सरुवा-बढुवालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् । केहीले उनको अभिव्यक्तिको प्रशंसा गरेका छन् भने केहीले मादक पदार्थ सेवन गरी भिडिओ बनाएको आरोप लगाएका छन् । यस्तै, केहीले भिडिओमा भनिएको नाम र बर्दीमा उल्लेख भएको नाम फरक परेको भन्दै बर्दीको दुरुपयोग भएको आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यस विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी दीपक पातलीका अनुसार भुगाईमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही गरिनेछ ।

पातलीले “उनले गुनासो गर्नुपर्ने कुनै उपयुक्त आधार छैन । उनी हालै मात्र सरुवा भएर यहाँ आएका हुन् र उनको बढुवा हुने समय पनि भएको छैन ।”

भुगाईले भिडिओमा प्रहरी सेवामा ‘पावर’ हुनेलाई मात्र बढुवा र सरुवाको अवसर मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले भिडिओमा “मेरो जागिर खाने भए खाऊ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाऊ । हामीजस्तो गरिब दु:खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई,” भनेका छन् ।

भुगाईमाथि कस्तो कारबाही हुनेछ भन्नेबारे खुलाइएको छैन तेचपाना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!