१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट एक वर्षपछि फर्किएर सम्हाले आफ्नो जिम्मेवारी,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र १४, २०८२

दाङ । राप्ती गाउँपालिका ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’,उनले भने ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।’

कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर विदेश गएको उनले बताए। वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर गएको उनले उल्लेख गरे । यद्यपी अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि  शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन।

गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिइएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजालीले फरकमत दर्ज गरेर बाहिरिएका थिए । ‘जानकारी नदिएर एक वर्ष विदेश गएर हराउने, अनि अहिले आएर पद सम्हाल्ने कुरा गैर जिम्मेवारी हो, जनताप्रतिको धोका हो’, पालिका प्रवक्ता चौधरीले भने, ‘हामीले सुरुमा कुरा राख्न दियौं, त्यसपछि बाहिर जान सुझाब दियौं, तर, उहाँ नगएपछि हामी आफैले असहमति दर्ज गरेर निस्केका हौं ।’

प्रवक्ता चौधरीका अनुसार अध्यक्ष गुरुङ अब विदेश नजाने र बाँकी कार्यकाल वडाध्यक्षका रुपमा काम गर्ने भनि प्रतिबद्धता जनाएका थिए। तर, त्यसरी मनलाग्दी तरिकाले जाने कुरा जनमतमाथि अपमान भएको उनको भनाइ छ ।गुरुङलाई कार्यपालिका बैठकमा समेत नबोलाउँदा पनि आफैँ आएको पवक्ता चौधरीको भनाइ छ। गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए। गुरुङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । २०७९ को चुनाबमा उनी विजयी भएका हुन्। उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!